२ कार्तिक २०८३, आईतवार

 

बागलुङमा थप पाँच जनालाई कोरोना

बागलुङमा दुई कर्मचारीसहित थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा गल्कोट नगरपालिकाका २६ वर्षीय पुरुष र २९ वर्षीया महिला कर्मचारी, जापानबाट आएका ३४ वर्षीय पुरुष, रकुमबाट आएका

ताराखोला गाउँपालिका–५ का १९ वर्षीय पुरुष र विदेशबाट आई क्वारेन्टिनमा बसेका बागलुङ नगरपालिका–१ का ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung