३ श्रावण २०८३, आईतवार

 

नेपाल लाइफको खुद नाफा १२ प्रतिशतले बढ्यो

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा १२ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले २२ करोड ९० लाख रुपैयाँ खुदनाफा गरेको छ ।

अघिल्लो वर्ष यसै अवधिमा नेपाल लाइफको खुद नाफा २० करोड ४४ लाख रुपैयाँ थियो ।पहिलो त्रैमासको नाफामा बिमांकीय मूल्यांकनपछिको नाफा समावेश नगरिएको कम्पनीले जनाएको छ ।

असोज मसान्तसम्म आइपुग्दा खुद बिमा शुल्क आर्जन बढेर ८ अर्ब ९२ करोड ५१ लाख ५२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष नेपाल लाइफले ७ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ मात्रै खुद बिमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा नेपाल लाइफको जीवन बिमा कोषको आकार ३१ प्रतिशतले बढेर ९४ अर्ब ८२ करोड १३ लाख ६३ रुपैयाँ पुगेको छ । गत वर्ष यसको जीवन बिमा कोषमा ७२ अर्ब ३३ करोड ३० लाख ९५ हजार रुपैयाँ थियो ।

नेपाल लाइफको चुक्ता पुँजी ५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ छ । जगेडा कोषमा ३ अर्ब ६६ करोड ७२ लाख रुपैयाँ जम्मा भएको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ७९ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung