बागलुङमा थप दश जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा बागलुङ नगरपालिकाका वडा नं १ का ३१ वर्षीय दुई महिला, ६४ र ४८ वर्षीय पुरुष, वानपा २ नं वडाको २४ वर्षीय महिला र २८ र २३ वर्षीय पुरुष,
वानपा ३ को २८ वर्षीय पुरुष, वानपा ७ वडाको ४५ वर्षीय पुरुष र र वानपा १० को ४१ वर्षीया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।



















































































































































































