
बालिका जबजस्ती करणी गरेको आरोपमा एक जना युवा पक्राउ परेका छन् । बागलुङको काठेखोला गाउँपालिकाका २६ वर्षीय भुवन केसीलाई प्रहरीले पक्राउ गरेको हो । गत शुक्रबार बेलुकी केसीले १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको पीडित परिवारले जनाएको छ ।
बालिकाले रोइकराइ गरेपछि परिवारका सदस्यले थाहा पाएका थिए । परिवारका सदस्यहरु बालिकाको उद्धारमा पुग्दा ती युवा भागेको पीडितका आफन्तले बताए ।
अभिभावकले तत्कालै खबर गरेपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउपछि अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
केसीलाई आइतबार जबरजस्ती करणी उद्योगमा मुद्दा दायर गरेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मी जानकारी दिए ।