८ जेष्ठ २०८१, मंगलवार

 

क्यानडाले किन पान्डा चीन फिर्ता पठायो ?

चीनमा अब तिनीहरूले उच्च गुणस्तरको बाँस खान पाउनेछन्।एर शन र दा माओ नाम गरेका दुईवटा पान्डालाई गत मे महिनादेखि नै चीन फर्काउन क्यानडाको कालगुरी चिडियाखाना प्रयासरत थियो।

कोरोनाभाइरस महामारीबीच ती पान्डाहरूलाई खुवाउन ताजा बाँस आपूर्तिमा समस्या भएपछि चिडियाखानाले तिनीहरूलाई फर्काउने प्रयास थालेको थियो।

घरफिर्ती

दुई पान्डाहरूको अन्तर्राष्ट्रिय यात्रा अनुमतिका लागि आवश्यक प्रक्रिया पूरा गर्न महिनौँ लागेको चिडियाखानाले जनाएको छ।काल्गुरी चिडियाखानाले शुक्रवार ट्वीट गर्‍योः “आज ठूला पान्डाहरू आफ्नो घर फर्कन लागेको दिन हो।”

एर शन र दा माओ सन् २०१४ मा क्यानडा पुगेका थिए। चीनसँग गरेको सम्झौता अनुसार क्यानडाले ती दुई पान्डालाई १० वर्ष आफूकहाँ राख्न पाउँथ्यो।

दुई देशबीच सद्‌भावनाको कदमअन्तर्गत दुईवटा पान्डालाई चीनबाट क्यानडा लगिएको थियो। त्यसलाई “पान्डा कूटनीति” पनि भन्ने गरिएको छ।

पान्डाउक्त चिडियाखानाका अनुसार पान्डाको आहारा ताजा बाँसबाट तयार पारिन्छ र एउटा वयस्क पान्डाले दैनिक लगभग ४० किलो आहारा खाने गर्छ।

आल्बर्टास्थित चिडियाखानाले चीनबाट ताजा बाँस आयात गर्दै आएको थियो।तर कोरोनाभाइरस महामारीका कारण मार्च महिनामा हवाई उडानहरू बन्द भएपछि पान्डाहरूको आवश्यकता पूरा गर्ने दिशामा समस्या देखिन थाल्यो।

पूर्वनिर्धारित समयभन्दा चार वर्ष पहिल्यै ती पान्डाहरूलाई चीन फिर्ता पठाउने भने गत मे महिनामा चिडियाखानाले घोषणा गर्‍यो।त्यसो गरिए तिनीहरूले चीनमा पर्याप्त ताजा बाँस खान पाउने उसको भनाइ थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ,लकडाउनमा दुर्लभ चराहरू देखिन थालेतर महामारीका कारण आयातसम्बन्धी कानुन र क्वारन्टीन सुविधामा ल्याइएको परिवर्तनको कारण देखाउँदै चीनले ती पान्डाहरूका लागि यात्राको अनुमति दिन नमानेको उक्त चिडियाखानाले गत अगस्टमा बताएको थियो।

“अन्तर्राष्ट्रिय अनुमति पाउन भइरहेको ढिलाइले यी दुई सुन्दर पान्डाहरूको स्वास्थ्य तथा कल्याणलाई सङ्कटमा पारिदिएको छ,” चिडियाखानाका प्रमुखले एउटा वक्तव्यमा भनेका छन्।

“महिनौँ महिनौँदेखिको कडा परिश्रमपछि” हाम्रा प्रिय पान्डाहरूको घर फिर्तीको अन्तर्राष्ट्रिय अनुमति मिलेको छ भन्दै चिडियाखानाले शुक्रवार जानकारी गराएको हो।

बीबीसीनेपालीबाट

प्रतिक्रिया दिनुहोस्