२० भाद्र २०८३, शनिबार

 

सीमा नाघेपछि बैंकले रोके सेयर कर्जा

बैंक तथा वित्तीय संस्थाहरूले नयाँ सेयर कर्जा दिन बन्द गरेका छन् । केन्द्रीय बैंकले तोकेको सीमा पूरा भएपछि बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जा रोकेका हुन् ।

लगानीका सबै क्षेत्र कोरोना महामारीका कारण खुम्चिएकाले बैंकहरूले धमाधम सेयर कर्जा दिँदै आएका थिए । कतिपय बैंकले बिनाधितो पनि करोडौं रुपैयाँसम्म कर्जा दिएका थिए । तर, अहिले सबै बैंक तथा वित्तीय संस्थाको ‘लिमिट क्रस’ गर्न थालेपछि पूर्ण रूपमा त्यस्तो कर्जा बन्द गरेका छन् ।

बैंकहरूले प्राथमिक पुँजीको ४० प्रतिशत सेयरमा लगानी गर्न पाउँछन् । त्यसभित्र चुक्तापुँजी, रिजर्भ, बोनस दिन भनेर छुट्याएको रकम वा हकप्रद दिन संस्थापकबाट उठाएको पैसा, ‘डिभेन्चर’ पर्छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung