२३ बैशाख २०८१, आईतवार

 

सिडिओसहितको टोलीद्धारा बलेवा विमानस्थल र विद्यालयको अनुगमन

बागलुृङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बलेवा विमानस्थलको निरीक्षण तथा अवलोकन गरेका छन् । लामो समयदेखि संचालनमा नआएको बलेवा विमानस्थलको धावनमार्ग स्तरउन्नति र कालो पत्रे गर्ने काम शुरु हुन लागेको छ ।

अहिले धावनमार्ग सम्याउने र मर्मतको काम चलि रहेको रहेको छ । कालो पत्रे गर्ने काम छिटो गर्नको लागि प्रजिअ न्यौपानेले जानकारी लिएका थिए ।

विमानस्थल छिटो संचालन भए यस क्षेत्रको आर्थिक विकासमा सहयोग पुग्ने प्रजिअ न्यौपानेले नयाँ विश्वलाई बताए । प्रजिअ न्यौपानेले जनता धन मावि,गणेश मावि र धौलागिरि बहुप्राविधिक शिक्षालय नारायणस्थानको कक्षा १२ को परीक्षाको निरीक्षण र प्राविधिक शिक्षालयको बैठकको पनि अध्यक्षता गरेको थियो ।

त्यस विद्यालयमा अध्ययन गरी रहेका विद्यार्थीहरुको पढाई,उनीहरु माग र विद्यालयको गुणस्तर कायम गर्न विद्यालयले गर्नु पर्ने दायित्वको विषयमा गहन छलफल र जिम्मेवारी दिइएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख कुश्मराज उपाध्यायले नयाँ विश्वलाई बताए ।

धौलागिरि बहुप्राविधिक शिक्षालयमा २ सय ६ जना विद्यार्थीहरुले अध्ययन गरी रहेका छन । उक्त निरीक्षणमा जिल्ला प्रहरी कार्यालयका प्रमुख लोकेन्द्र श्रेष्ठको पनि सहभागिता थियो ।

तस्वीर : अर्जुन ढकाल

प्रतिक्रिया दिनुहोस्