२३ बैशाख २०८१, आईतवार

 

गलकोट कोतघर प्रदेश सरकारले संरक्षण गर्छ –मन्त्री लम्साल

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले ऐतिहासिक गलकोट कोतघरको संरक्षण र विकासमा प्रदेश सरकारले लगानी गर्ने प्रतिबद्धता गरेका छन् । बागलुङको गलकोट नगरपालिका–३ स्थित ऐतिहासिक गलकोट कोतघरको अवलोकनपछि उनले पर्यटनको विकासका लागि सरकारले पूर्वाधार बनाउने, निजी क्षेत्रले लगानी गर्ने र नागरिक समाजले सकारात्मक प्रचार गर्ने धारणा राखे ।

मन्त्री लम्सालले बुधबारै गलकोट कोभिड–१९ अस्थायी अस्पताल र नगर अस्पतालको पनि उद्घाटन गरेका छन् । वडा नं ५ हरिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालका रूपमा स्तरोन्नति गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्