३ श्रावण २०८३, आईतवार

 

गृहको पत्र– ‘तलब, पेन्सन पाएकाहरूकाे सामाजिक सुरक्षा भत्ता रोक्नू’

गृह मन्त्रालयले सरकार तथा सरकारी स्वामित्वमा रहेका संघ संस्थाबाट सेवा सुविधा लिइरहेका व्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता रोक्न परिपत्र गरेको छ ।

गृहको पत्रमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह अथवा यिनीहरुको पूर्ण वा आंशिक स्वामित्व रहेको कुनैपनि संस्थाबाट नियमित तलब, पेन्सन, अवकास सुविधा अथवा अन्य सुविधाहरु पाइरहेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता रोक्न भनिएको छ ।

कानुनअनुसार यसअघि नै रोकिनुपर्नेमा केही स्थानीय तहमा वितरण भइरहेको भन्ने जानकारी आएकाले यस्तो परिपत्र गरिएको मन्त्रालयले जनाएको छ । थप हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung