७ जेष्ठ २०८१, सोमबार

 

दोहोरो नागरिकता प्रकरण : तीन जना धरौटीमा छुटे

दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका तीन जना धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत बागलुङले शुक्रबार उनीहरुलाई धरौटीमा रिहा गरेको हो । झुटो विवरण पेश गरेर दुई नागरिकता लिएको आरोपमा बागलुङ नगरपालिका—६ का पंकज सापकोटा पक्राउ परेपछि त्यसमा संलग्नहरु विरुद्ध मुद्दा परेको थियो ।

पंकजको बयानको आधारमा तत्कालिन बानपा—४ का वडा सचिव प्रेमबहादुर खड्का र सनाखत गर्ने सन्तोष आचार्यलाई पक्राउ गरेको थियो ।

विद्यालयको प्रमाणपत्र प्रदान गर्ने शिक्षक र वडाध्यक्ष ध्रुवबहादुर केसी विरुद्ध पनि जिल्ला अदालत बागलुङले पक्राउ पुर्जी जारी गरे पनि उनीहरु अझैसम्म फरार रहेका छन् ।

जिल्ला अदालत बागलुङले शुक्रबार सुनुवाई गरेपछि तीन जनालाई धरौटीमा छोडेको हो । दोहोरो नागरिकता लिने पंकजलाई १ लाख १० हजार र नाता प्रमाणित गर्ने सन्तोषलाई ३० हजार धरौटीमा रिहा गरिएको छ । वडा सचिव प्रेमबहादुरलाई तारिखमा रिहा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्