४ श्रावण २०८३, सोमबार

 

नेपाल लाइफले ५१ प्रतिशत लाभांश दिने

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५१ प्रतिशत लाभांश घोषणा घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको ३११औं सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले स्थापनाकालदेखि नै लगानीकर्तालाई राम्रो प्रतिफल दिँदै आएको छ ।

बिमा समितिको स्वीकृति र साधारणसभाले पारित गरेपछि सेयरधनीलाई लाभांश वितरण गरिने कम्पनीले जनाएको छ । कम्पनीको चुक्तापुँजी ५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ छ । बोनस सेयर वितरणपछि चुक्तापुँजी ७ अर्ब १९ करोड पुग्नेछ । नेपाल लाइफ जीवन बिमा कम्पनीहरूमध्ये सबैभन्दा बढी पुँजी र बिमा शुल्क भएको कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung