५ जेष्ठ २०८१, शनिबार

 

देशभरको चिसो बढ्यो, उपत्यकाको तापक्रम एक डिग्री सेल्सियस

देशभर चिसो बढेको छ । मौसम सामान्यतया सफा रहेपनि तापक्रम घट्दा चिसो बढेको हो ।

आज बिहान उपत्यकाको न्यूनतम तापक्रम एक दशमलव एक डिग्री सेल्सियसमा झरेको छ । दिउँसोपख भने अधिकतम तापक्रम १७ डिग्री देखि १९ डिग्री सेल्सियसका बीच रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशका पहाडी भूभागमा समान्यतया मौसम सफा रहने र तराइका केही भूभागहरुमा हुस्सु र कुहिरो लागेको छ ।

यस्तै आज प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा पश्चिमी वायुको प्रभावले समान्य बदली रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्