७ जेष्ठ २०८१, सोमबार

 

३ जीबी र्‍याम र ५ हजार एमएएच ब्याट्री ब्याकअप भएको मोबाइल बजारमा, मूल्य कति ?

सामसङले आफ्नो नयाँ फोन ग्यालेक्सी एम ०२ एस नेपाली बजारमा सार्वजनिक गरेको छ । सामसङको आधिकारिक वितरक कम्पनी आईएमएस प्राइभेट लिमिटेडले यस फोनलाई विभिन्न आधिकारिक खुद्रा वितरकहरुबाट उपलब्ध गराएको छ ।

६.५ इन्चको एचडी प्लस डिस्प्ले भएको यस फोनको स्क्रिनमा भी आकारको वाटरड्रप नोच छ । यस फोनमा ५००० एमएएचको ब्याट्री ब्याकअप र १५ वाटको चार्जिङ छ ।

सामसङको यो नयाँ फोन ३ जीबी र्‍याम, ३२ जीबी इन्टरनल स्टोरेज र ४ जीबी र्‍याम, ६४ जीबी इन्टरनल स्टोरेज गरी दुई भेरियन्टमा छन् ।

नेपालमा भने ४ जीबी प्लस ६४ जीबी भेरियन्टको फोन उपलब्ध छ, जसको मूल्य १५ हजार ९९९ रुपैयाँ तोकिएको छ । यो फोनमा स्नापड्रागन ४६०, १४ एनएमको प्रोसेसर रहेको छ । फोनमा क्यामेराको कुरा गर्दा यसमा ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ । यसका तीन रियर ब्याक क्यामेराहरु प्राइमेरी सेन्सर १३ मेगापिक्सल र दुई डेप्थ र पोट्रेट सेन्सरहरु दुई–दुई मेगापिक्सलका छन् ।

प्रतिक्रिया दिनुहोस्