यातायात व्यवस्था विभाग बागमती प्रदेश अन्तर्गतको चाबहित यातायात कार्यलयले अनिश्चितकालका लागि लाइसेन्सको लिखित र ट्रायल दुवै परीक्षा स्थगित गरेको छ ।
सोमबार एक सूचना जारी कार्यालयले परीक्षा निगरानीका लागि ट्राफिक प्रहरी नखटाइएकाले सोमबारदेखि अर्थात् आजदेखि नै अनिश्चितकालका लागि चालक अनुमतीपत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक दुबै परीक्षा स्थगित गरिएको जनाएको हो ।
सूचनामा भनिएको छ ‘लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षाका लागि कार्यालयको संयोजकत्वमा महानगरीय ट्राफक प्रहरीको प्रतिनिधिमुलक भूमिका रहदै आएकोमा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट पुस २७ गते प्रतिनिधि ट्राफिक प्रहरी उपलब्ध नहुने व्यहोरापत्र प्राप्त भएकाले आजैदेखि अर्को सूचना प्रकाशित नहुँदासम्मको लागि कार्यालबाट संचालन गरिने लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित गरिएको छ’














































































































































































































