२४ बैशाख २०८१, सोमबार

 

सुनको मूल्य घट्यो

स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा झिनो गिरावट देखिएको छ । मङ्गलबारका तुलनामा बुधबार तोलामा नै ७०० ले घटेको सुन आज भने तोलामा १०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ९२ हजार मूल्य निर्धारण भएको छ । छापावाला सुन बुधबार तोलामा ९२ हजार १०० मा कारोवार भएको थियो । मङ्गलबार भने छापावाला सुन तोलामा ९२ हजार ८०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा रु ९१ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन बुधबार तोलामा ९१ हजार ६०० मा कारोवार भएको थियो । त्यस्तै चाँदी तोलामा पाँचले घटेको छ । तोलामा बुधबार रु एक हजार २५० मा कारोवार भएको चाँदी आज भने एक हजार २४५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्