३१ बैशाख २०८२, बुधबार

 

सभामुखको पक्षबाट वरिष्ठ अधिवक्ता श्रेष्ठले शुरु गरे बहस

फाइल तस्बिर

संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा गरिएको पदाधिकारीहरुको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतमा दर्ता गराएको रिट निवेदनमाथि सुनुवाइ शुरु भएको छ ।

सभामुख सापकोटाले गत शुक्रबार दायर गराएको सो रिट निवेदनमाथि न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा सुनुवाइ सुरु भएको हो । सभामुख सापकोटाको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस सुरु गरेका छन्।

सापकोटाले संसद् र संसदको सुनुवाइ समिति समेत नभएको भन्दै संवैधानिक परिषदका नियुक्तिसम्बन्धी सिफारिस फिर्ता पठाएका थिए।

उनले संवैधानिक परिषद्द्वारा गरिएको ती पदाधिकारीहरुको सिफारिश प्रक्रियासमेत अवैध र असंवैधानिक भएको भन्दै सो प्रक्रिया बदर हुनुपर्ने माग गरेका छन्।

तर त्यसको वेवास्ता गर्दै गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायका अध्यक्ष तथा पदाधिकारी गरी ३४ जनालाई सपथ ग्रहण गराइएको थियो।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung