विप्लव समूहका दुई नेता पक्राउ परेको १७ दिनपछि रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले विशेष सूचनाका आधारमा माघ १० गते शनिबार उनीहरुलाई बानपा ७ गैरागाउँबाट पक्राउ गरेको थियो ।
विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्द सफल पार्न पक्राउ परेका म्याग्दी जिल्लाका पूर्व सेक्रेटरी रहेका बागलुङ नगरपालिका–३ का ५३ वर्षीय बाबुलाल शाक्य र बागलुङ जिल्ला पूर्व इन्चार्ज रहेका पश्चिम रुकुम सानोभेरी गाउँपालिका–३ का कमानसिंह क्षेत्री (विकिरण)लाई अदालतको आदेशमा रिहा गरेको छ ।
सर्वोच अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट परेकोमा सोमबार सर्बोच अदालतका न्यायाधीस हरिकृष्ण कार्की र हरि फुयाँलको इजालशले रिहा गर्न आदेश दिएपछि उनीहरु रिहा भएका हुन् ।
दुवै नेता यसअघि पनि पक्राउ परेर लामो समयपछि सर्वोच्चको आदेशमा रिहा भएका थिए ।













































































































































































































