४ श्रावण २०८३, सोमबार

 

सनकको भरमा शासनसत्ता सञ्चालन गर्न खाेज्नेलाई सबक : पूर्वमहान्यायाधिवक्ता श्रेष्ठ

पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधिसभा विघटन बदर गरेर सर्वोच्च अदालतले आफू संविधानको पक्षमा रहेको स्पष्ट पारिदिएको प्रतिक्रिया दिएका छन् ।

अदालतले संविधानको पक्षमा गरेको फैसलाले मुलुकलाई निकास दिएको पनि उनले बताए। ‘संवैधानिक इजलासले गरेको यो फैसलासँगै मुलुक अब संवैधानिक ट्य्राकमा जानेछ, संवैधानिक हिसाबले हेर्दा संविधानको पक्षमा फैसला भएको छ,’ उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशता अन्त्य भएको छ । सनकको भरमा शासनसत्ता सञ्चालन गर्ने शासकलाई सबक पनि हो यो फैसला ।’

नेपाल कम्युनिस्ट पार्टीमा आन्तरिक द्वन्द्व बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । त्यसलाई म‌ंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उल्ट्याइदिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung