२४ बैशाख २०८१, सोमबार

 

सुनको मूल्य घट्यो

सुनचाँदीको भाउ प्रतितोला ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवासी महासंघका अनुसार गत साताको शुक्रबार प्रतितोला ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार घटेर ८८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन ८७ हजार ८५० रुपैयाँ कायम गरिएको छ ।

यता, चाँदीको भाउ भने स्थिर भएको छ । आज चाँदी प्रतितोला एक हजार ३२५ रुपैयाँमा कारोबार गर्न सकिने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्