२५ बैशाख २०८१, मंगलवार

 

सुनको मूल्य बढ्यो

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आइतबार तोलामा चार सयले वृद्धि भएको छ । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा ८६ हजार ६ सयमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा रु ८६ हजार दुई सयमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज तोलामा ८६ हजार १५० मा कारोवार हुनेछ । शुक्रबार तेजाबी सुन तोलामा ८५ हजार ७५० मा कारोवार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्