३० बैशाख २०८२, मंगलवार

 

भदौमा वर्ल्ड रोप इस्पिकिङ च्याम्पेनसीप प्रतियोगिता नेपालमा हुँदै

नेपाल रोप इस्पिकिङ च्याम्पेन्सीपको आयोजनामा वर्ल्ड रोप इस्पिकिङ च्याम्पेनसीप प्रतियोगिता हुने भएको छ । भदौ २, ३, ४ र ५ गते काठमाडौंको रंगशालामा सो प्रतियोगीता हुने भएको हो ।

प्रतियोगिता सञ्चालन गर्न छलफलका लागि रोप इस्पिकिङ वर्ल्डका महासचिव अर्पणसिंह नेपाल आएका छन् । उनले विश्वका विभिन्न देशका खेलाडीलाई सो प्रतियोगितामा सहभागी गराउन आफूले सकेको सहयोगसहित प्रचार गर्ने बताएका छन् ।

नेपाल रोप इस्पिकिङका अध्यक्ष जनकराज गौतमका अनुसार प्रतियोगितामा विश्वका २० देशबाट खेलाडी आउने आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung