५ जेष्ठ २०८१, शनिबार

 

सहकारीका लागि बजेट तथा योजना निर्माण तालिम

सहकारी संस्थालाई आर्थिक रूपमा मजबुत र पारदर्शी बनाउने उदेश्यले बागलुङ बजारमा बजेट तथा योजना निर्माण तालिम सुरु भएको छ ।
बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजना र बागलुङ नगरपालिकाको सहयोगमा तालिम सुरु भएको हो ।
तालिम उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उप मेयर सुरेन्द्र खड्काले सहकारी र नगरपालिका विच समन्वय हुन नसको भन्दै सहकारीको विकासका लागी समन्य अपरिहार्य रहेको बताउनु भयो ।

कार्यक्रममा बागलुङ नगरपालिका सहकारी बिभाग प्रमुख प्रेम प्रसाद शर्मा ,जिल्ला सहकारी संघका उपाध्यक्ष अशोक गोबिन्द राजभण्डारी लगायतले वोल्नु भएको थियो ।

दुई दिन चल्ले तालिमा अनिलबिर बज्राचार्य र कवि न्यौपानेले सहजिकरण गर्ने जनाईएको छ ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष चण्डी प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष गणेश खत्री र संचालन संघका प्रवन्धक मनिषा घर्तीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्