४ जेष्ठ २०८१, शुक्रबार

 

लायन्स क्लब अफ धौलागिरिको अध्यक्षमा कुँवर

लायन्स क्लब अफ धौलागिरिको अध्यक्षमा तालबहादुर कुँवर २०२१,२०२२को लागि सर्वसम्मत चयन भएको लायन्स क्लब अफ धौलागिरिका अध्यक्ष जयराम भारीले नयाँ विश्वलाई बताए ।

होटल सितल पार्टी प्यालेसका संचालक कुँवर लामो समयदेखि लायन्स क्लब अफ धौलागिरिमार्फत समाज सेवामा सक्रिय छन् ।क्लबको प्रथम उपाध्यक्षमा निर्माण कुमार श्रेष्ठ,द्धितीय उपाध्यक्षमा मुकेशचन्द्र राजभण्डारी,तृतीय उपाध्यक्षमा गणेश महतो रहेका छन् ।

क्लबको सचिव राजेश भारी, सहसचिव शिव शंकर शाह कोषाध्यक्ष सुरेश केसी चयन भएका छन् ।लायन्स क्लब अफ धौलागिरि समाजसेवामा सक्रिय धौलागिरि अंचलकै जेठो क्लब हो ।

प्रतिक्रिया दिनुहोस्