६ जेष्ठ २०८१, आईतवार

 

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

गायक प्रकाश सपूतलाई कोरोना भाइरस संक्रमण भएको छ । उनले फेसबुकबाट आफू कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेका हुन् ।

‘काठमाडौं मेडिकल कलेज (केएमसी) का अनुसार मेरो पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बीचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पीसीआर टेस्ट गर्नुहोला,’ उनले भनेका छन् ।

उनले शरीर दुख्ने, गल्ने, छटपटि हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाईटी फिल भएपछि पीसीआर परीक्षण गरेको बताएका छन् । उनले आफू अहिले होम आइसोलेसनमा रहेको र अवस्था सामान्य रहेको बताएका छन् ।

उनले कोरोना जित्ने आत्मबल राख्न तर यसलाई सामान्य नठान्न आग्रह गरेका छन् । ‘कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौँ तर यसलाई सामान्य भने नठानौँ । किनकि लक्षण सामान्य भए पनि यसले निकै हतोत्साही बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ !’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्