४ श्रावण २०८३, सोमबार

 

काठमाडौंमा जेठ १३ सम्म निषेधाज्ञा, १० बजेसम्म पसल खाेल्न पाइने

काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्‍ने निर्णय भएको छ । मंगलबार उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा १५ दिन थप्‍ने निर्णय गरेको हो ।

काठमाडौं जिल्‍ला प्रशासन कार्यालयका प्रमुख कालीप्रसाद पराजुलीले आजको बैठकले जेठ १३ गतेसम्‍म निषेधाज्ञा थप्‍ने निर्णय भएको जानकारी दिए । उनका अनुसार पहिला बिहान ९ बजेसम्‍म मात्रै पसल खुलाउन पाउनेमा अब बिहान १० बजेसम्‍म पसल खुलाउने पाइनेछ ।

काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि २२ गतेसम्‍म निषेधाज्ञा लागू भएको थियो । २२ गतेदेखि बैशाख २९ गतेसम्‍म दोस्रो पटक म्याद थप गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung