
सरकारले अक्सिजन उद्योग स्थापना गर्न चाहिने उपकरण आयातमा लाग्ने भन्सार र भ्याटमा छुटको घोषणा गरेको छ ।
आर्थिक वर्ष २०७८ र ७९ को बजेट शनिबार सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।
बजेट वक्तव्यमा सामुदायिक तथा निजी अस्पतालले जडान गर्ने अक्सिजन प्लान्टको लागतमा सरकारले ५० प्रतिशत पुँजीगत अनुदान दिने पनि उल्लेख छ ।
साथै अक्सिजन उत्पादन गर्ने उद्योगहरूलाई पनि सरकारले सहुलियत घोषण गरेको छ । कोभिड अवधिभरका लागि अक्सिजन उत्पादन गर्दा लाग्ने बिजुलीमा त्यस्ता उद्योगलाई ५० प्रतिशत छुट दिने अर्थमन्त्री पौडेलले जानकारी दिए ।
यस्तै निषेधाज्ञा अवधिमा चलचित्र उद्योगमा विद्युत् शुल्क छुट दिने बताएका छन् ।
पर्यटन उद्योग, सार्वजनिक यातायात, चलचित्र उद्योग, एयरलाइन्स कम्पनी, मिडिया उद्योगजस्ता व्यवसाय स्वतस् निस्शुल्क नवीकरण हुने वक्तव्यमा उल्लेख छ ।