२२ भाद्र २०८३, सोमबार

 

जनमोर्चाका सांसद कृष्ण थापाको सांसद पद खारेज

जनमोर्चाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने निर्णय सर्वोच्चबाट सदर भएको छ ।सोमबार सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गरेको हो ।

न्यायाधीश कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले सांसद थापालाई राष्ट्रिय जनमोर्चाले पार्टीबाट गरेको निष्कासनको कारबाही कानुन बमोजिम भएको ठहर गर्दै कारबाही सदर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung