२३ बैशाख २०८१, आईतवार

 

ढुंगा,गिट्टी, बालुवा निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न परेको रिट निवेदनको सुनुवाइका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफू सहित न्यायाधीश दीपक कार्की, मीरा खडका, विश्वम्भर प्रसाद श्रेष्ठ र हरिकृष्ण कार्की सम्मिलित इजलास गठन गरेका थिए ।

सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरेको हो ।सरकारले ढुंगा, गिटी बालुवा निकासी गर्ने गरी आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यमा उल्लेख गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्