२० जेष्ठ २०८३, बुधबार

 

प्रधान न्यायाधीशको प्रश्न : ओलीले देउवासँगै प्रधानमन्त्रीमा दाबी गर्न मिल्छ कि मिल्दैन ?

प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवासँगै प्रधानमन्त्रीमा दाबी गर्नु उचित हो कि होइन भन्नेबारे प्रश्न गरेका छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा बुधबार संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीलाई उनले सोधे,

‘उहाँ (केपी ओली) धारा ७६ को उपधारा–३ को सरकार त हुनुहुन्छ नि, अहिले विश्वासको मत पाएको/नपाएको कुरा बेग्लै होला, अनि फेरि प्रतिस्पर्धा गर्न पाइँदैन र ?’ केपी शर्मा ओलीले धारा ७६ को उपधारा–५ अनुसार प्रधानमन्त्री पदमा आफुलाई दाबी गरेका थिए ।

वरिष्ठ अधिवक्ता कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसरी दाबी गर्न नमिल्ने जवाफ दिएका छन् । कार्कीले भने, ‘राजीनामा गर्नुपर्छ, त्यसरी भाँजो हालेर बस्न मिल्दैन ।

अब, ७६ (५) को अवस्थामा गइसकेको छ ।’ राष्ट्रपतिले एउटै मान्छेलाई पटकपटक नियुक्त गर्न नमिल्ने तर्क उनले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung