४ श्रावण २०८३, सोमबार

 

रुपन्देहीमा एक साता थपियो निषेधाज्ञा, भोलिदेखि जोरविजोर प्रणाली लागू

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक साताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को सोमवार बसेको बैठकले निकै खुकुलो पार्दै असार २१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

थपिएको निषेधाज्ञामा सार्वजनिक सवारी चलाउन दिने निर्णय डीसीसीएमसीले गरेको छ । जोरविजोर प्रणालीमा सार्वजनिक यातायातलाई सञ्चालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

उनका अनुसार यातायात व्यवसायीसँग बैठक बसी सम्पूर्ण मापदण्ड अपनाउँदैं सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय भएको भएको छ । त्यस्तै बैठकले सवारी भाडामा ५० प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयले यसअघि असार ७ गते एक साताको लागि लम्ब्याएको निषेधाज्ञामा नीजि सावारीलाई जोर विजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

उक्त निषेधाज्ञाको अवधि रातीदेखि सकिन लागेकाले थप एक हप्ता निषेधाज्ञा लम्ब्याइएको हो । थपिएको निषेधाज्ञामा ११ बजेदेखि ६ बजेसम्म व्यवसाय सञ्चालन गर्न दिइने भएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung