५ जेष्ठ २०८१, शनिबार

 

‘द भ्वाइस अफ’ नेपालमा फर्किए गायक दीप श्रेष्ठ

वरिष्ठ गायक दीप श्रेष्ठ ‘द भ्वाइस अफ नेपाल’ को सेटमा फर्किएका छन्। ‘द भ्वाइस अफ नेपाल’ को निर्णायकको रुपमा रहेका उनी आफ्नो स्वास्थ्य अवस्था सामान्य भएपछि कार्यक्रममा फर्किएका हुन्।

श्रेष्ठ पुर्ण रुपमा निको भएर सेटमा फर्किसकेको ‘द भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । ‘दीप सर सेटमा फर्किसक्नु भएको छ। शुक्रवार र शनिवारको एपिसोडमा दर्शकले दीप सरलाई नै कोचको रुपमा देख्न पाउनेछन्। एपिसोडको सुटिङ दुईदिन अघि नै भइसकेको छ’ उनले बताए।

कोरोना संक्रमण भएर अक्सिजन लेबल कम भएपछि श्रेष्ठलाई अस्पताल भर्ना गरिएको थियो। दुई साताको अस्पताल बसाई पछि उनी घर फर्किएर आराम गरिरहेका थिए। जसकारण श्रेष्ठ ‘द भ्वाइस अफ नेपाल’ को सेटमा उपस्थित हुन सकेका थिएनन्। दीप श्रेष्ठ उपस्थित हुने नसकेपछि शोमा ‘स्याट्याण्ड इन कोच’का रुपमा राजेशपायल राई उपस्थित भएका थिए।

यो सातादेखि ‘द भ्वाइस अफ नेपाल ३’ लाइभ राउण्ड प्रसारण हुनेछ। जसमा १२ जना प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुती दिन पाउने छन्।

प्रतिक्रिया दिनुहोस्