४ श्रावण २०८३, सोमबार

 

देउवालाई समर्थन गर्ने नेपाल पक्षका २३ सांसदलाई दलको ह्वीप नलाग्ने*

सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेवापत नेकपा एमालेका सांसदहरूलाई कारवाही गर्न नमिल्ने फैसला सुनाएको छ ।

रिट निवेदनमा माग गरिए बमोजिम आदेश सुनाउँदै संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सर्वोच्चले राजनीतिक दल सम्बन्धी ऐन बमोजिम अर्को दलका सांसदलाई कारवाही गर्न नमिल्ने फैसला सुनाएको हो ।

अदालतको यो फैसलासँगै देउवालाई समर्थन गर्ने माधव नेपाल पक्षधर एमाले सांसदहरूलाई कारवाही गर्न नमिल्ने भएको हो । देउवालाई माधव पक्षका २३ सांसदले समर्थन गरेका थिए ।

(२३ हुनुपर्नेमा २६ भएकाेमा सच्चाइएकाे छ–सम्पादक) 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung