३१ बैशाख २०८१, सोमबार

 

भ्रष्टाचार प्रकरण : कांग्रेस उपसभापति गच्छदारलाई १० लाख धरौटी तोकियो

पूर्वउपप्रधानमन्त्री एवम् कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई ललिता निवास जग्गाको भ्रष्टाचार प्रकरणमा १० लाख रुपैयाँ धरौटी तोकिएको छ । कानुन व्यवसायीका ललित बस्नेतकाअनुसार अदालतले तोके बमोजिमको धरौटी रकम बुझाएर छुट्दैछन् ।

बुधबार विशेष अदालतले उक्त प्रकरणमा गच्छदारलाई थुनामा नराखी धरौटीमा छोड्ने निर्णय लिएको हो । यसअघि त्यसै प्रकरणमा जोडिएका नेपाल सरकार तत्कालीन सचिव दीप बस्न्यातलाई भने अदालतले थुनामा पठाएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध उक्त जग्गा प्रकरणमा ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा चलाएको थियो ।

उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा गच्छदारले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्‍मा लगी भ्रष्टाचारजन्य कार्यमा संलग्‍न भएको आयोगले अभियोग लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्