पूर्व माओवादी नेताहरुले आफूमाथिको कारवाहीलाई चुनौती दिँदै सांसदका रुपमा कायम रहन मागदावीसहित दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई हुने भएको छ ।
हिजो न्यायाधीश दीपक कार्कीको इजलासमा पेसी तोकिएको सो मुद्दा हेर्न नभ्याइनेमा परेको थियो । आज न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा सुनुवाइ हुनेछ ।
प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधवार रिट दायर गरेका थिए ।













































































































































































































