३ कार्तिक २०८३, सोमबार

 

बागलुङमा सक्रिय संक्रमितको संख्या ६३० पुग्यो, कुन पालिकामा कति ?

बागलुङमा कोरोना संक्रमितको संख्या दैनिक उकालो लागेको छ । स्वास्थ्य कार्यालयको पछिल्लो आँकडाअनुसार मंगलबारसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ३० जना पुगेको छ ।

कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले मंगलबार ४५ जना नयाँ सङ्क्रमित फेला परेको जानकारी दिए ।

पछिल्ला दिनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको देखिन्छ । बागलुङ नगरपालिकामा पनि सक्रिय संक्रमितको संख्याको संख्या २ सय ९६ जना पुगेको छ ।

यस्तै, बरेङ गाउँपालिकामा १ सय १५ जना, जैमिनी नगरपालिकामा ५६ जना, गलकोट नगरपालिकामा ४०, बडिगाड गाउँपालिकामा ३३ जना,

काठेखोला गाउँपालिकामा १९, ढोरपाटन नगरपालिकामा १९, ताराखोला गाउँपालिकामा १६ जना, तमानखोला गाउँपालिकामा १२, निसीखोला गाउँपालिकामा ९ जना, अन्य जिल्लाका १५ जना गरी ६ सय ३० सक्रिय संक्रमितको संख्या पुगेको छ ।

यसरी केही समय थामिएजस्तो देखिएको सङ्क्रमण दर फेरि उकालो लागेको हो ।

जिल्लामा गरिएको कूल पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर २७.९ प्रतिशत छ जबकि नेपालको सङ्क्रमण दर १९.०४ प्रतिशत मात्र छ । देशभरको तुलनामा निको हुने दर पनि यहाँ कम छ ।

नेपालमा निको हुने दर ९३.५ प्रतिशत छ भने बागलुङमा ९० प्रतिशत ।

देशभर मृत्युदर १.०५ हुँदा यहाँ भने त्यो भन्दा कम ० .९४ प्रतिशत छ । कोरोनाका जिल्लामा हालसम्म ६३ जनाले ज्यान गुमाएका छन् ।

जिल्ला बाहिर पनि मृत्युवरण गर्नेको सङ्ख्या हेर्दा भने सयभन्दा बढी पुगेको स्रोत व्यक्ति घिमिरेले बताए ।

सङ्क्रमणसँगै मृत्युका घटना पनि बढ्न थालेका छन् ।

पहिलो र दोस्रो लहरमा गरी यहाँका २३ हजार ८ सय ३९ जनामा कोरोना परीक्षण गर्दा ६६७२ बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भइसकेको छ । कोरोना नियन्त्रणका लागि खोप अभियान पनि चलिरहेको छ ।

कोरोना संक्रमण बढिरेको भन्दै कोभिड–१९ संकट व्यवस्थान केन्द्रको मगलबार बसेको बैठकले साउन २८ गते बिहान ५ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।

निषेधाज्ञाको समयमा बैंक तथा वित्तिय संस्था, सरकारी कार्यालय एवम् अतिआवश्यक बाहेकका सार्वजनिक यातायात तथा निजी यातायातमा रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung