ताराखोला गाउँपालिकामा कोरोना भाइरसविरुद्धको दोस्रो मात्राको भेरोसेल खोप लगाइएको छ ।
ताराखोला गाउँपालिकामा ३ सय ५ जना पुरुष र २ सय ८५ जना महिला गरी ५ सय ९० जनाले कोरोना भाइरस विरुद्धको दोस्रो मात्राको खोप लगाएका छन् । गत साउन ३ र ४ गते पहिलो मात्राको भेरोसेल खोप लगाएकाहरुलाई दोस्रो मात्रको खोप लगाउन शुरु गरिएको हो।
अमरभुमी स्वास्थ्य चौकीमा ७० जना पुरुष र ७५ जना महिला गरी १ सय ४५ जना, अर्गल स्वास्थ्य चौकीमा ७१ जना पुरुष र ५७ जना महिला गरी १ सय २८ जना, हिल स्वास्थ्य चौकीमा ९९ जना पुरुष र ८८ जना महिला गरी १ सय ८७ जना र ताराखोला स्वास्थ्य चौकीमा ६५ जना पुरुष र ६५ जना महिला गरी १ सय ३० जनाले दोस्रो मात्राको भेरोसेल खोप लगाएको ताराखोला गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।



















































































































































































