४ श्रावण २०८३, सोमबार

 

कुलमानविरुद्धको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ति खारेज गर्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधबार पेशी तोक्ने क्रममा उक्त रिट रेग्मीको इजलासमा तोकिदिएका हुन् । रेग्मीको इजलासमा उक्त रिट १० औं नम्बरमा छ ।रिटमा शाक्यले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गरेका छन् ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, ऊर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाएर ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सरकारले दिएको जल तथा ऊर्जा आयोगको पूर्णकालीन सदस्यमा नियुक्त शाक्यले सो नियुक्ति अस्वीकार गर्दै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कायम रहेको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung