अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिसले यही आइतबार सिंगापुरको भ्रमण गरिन् । दक्षिणपूर्वी एशियाको छोटो यात्राको शुरुआत सिंगापुरबाट गरेर उनी भियतनामको भ्रमणमा मंगलबार पुगिसकेकी छिन्।उनले सोमबार सिंगापुरका राष्ट्रपति हलीमाह याकोब र प्रधानमन्त्री ली सिएन लुङ्गसँग द्विपक्षीय बैठक गरी आफ्नो सार्वजनिक अभियान सुरु गरेकी हुन्। अमेरिकाले दक्षिणपूर्वी एशियालाई चीनसँगको प्रतिस्पर्धामा केन्द्र क्षेत्र बनाएको छ।
दक्षिणपूर्वी एशियामा शक्ति सन्तुलनका लागि सिंगापुर र भियतनामलाई अमेरिका मुख्य लक्ष्य स्थल बनेका छन्।शितयुद्धकालिन समयमा अमेरिकी सेना ८ मार्च १९६५ देखि २९ मार्च १९७३ सम्म भियतनाममा कम्युनिस्ट प्रभावको अन्त्य गर्न बसेको थियो ।
अहिलेको होचिमिन्ह शहर जसलाई अमेरिकीहरू साइगोन भन्छन्बाट ठुलो धनजनको क्षति सहित १९७५ सम्ममा सबै सेना फर्केको थियो।अहिलेको दक्षिण एशियाको भूराजनीतिका लागि अफगानिस्तानमाथि प्रभाव छोडेर भारत सहित अमेरिकी शक्ती सन्तुलनमा उभिन चाहान्थे तर अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्ती ठुलो हार जस्तै भएको फुकुयामाले बताएका छन् ।
यसअघि १९७५ सम्ममा सम्पुर्ण सेना भियतनामबाट फर्किंदा उसको ठुलो पराजय जस्तो अमेरिकीहरूलाई लागेको थिएन । कारण तत्कालिन सोभियत शक्तिहिनको बाटोमा थियो र भियतनाम युद्धको हारबाट ब्युँतिन अमेरिका तुरुन्त सफल भएको थियो।
१९८९ तिर सोभियत सेना अफगानिस्तानबाट फिर्ता भएपछि र १९९१ मा वार्शा प्याक्टको बिघटनपछि अमेरिकाको प्रभुत्व पुरानै शैलीमा स्थापित भएको थियो।यो उसका लागि भियतनामसङ्ग ब्योहोरेको हारको क्षति नै थियो ।१९९० सम्मको दुई ध्रुविय विश्व सोभियत सङ्घको बिघटनपछि एक ध्रुविय बनेको थियो।तर, अमेरिकाको आधिपत्य २००९ को विश्व आर्थिक सङ्कटपछि र २०१३ मा चीनमा राष्ट्रपति शिको उदयपछि विश्व क्रमश बहुध्रुविय बन्दै गएको छ।
अहिले फेरी करिब ४५ वर्षपछि अमेरिका दक्षिणपूर्वी एशियामा चीनको प्रभावलाई रोक्न भियतनामसँग मिलेर काम गर्न खोजेको छ।त्यही उद्देश्य पुरा गर्न अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस सिंगापुर र भियतनामको भ्रमणमा छिन्।फुकुयामाको अनुसार ती देशहरू दक्षिणपूर्वी एशियामा चीनको प्रभाव रोक्ने सामरिक स्थान बन्न सक्ने निकै थोरै मात्र सम्भवना छ।ती क्षेत्रहरू अहिले अमेरिकाले आफ्नालागी सहज बनाउन खोजेको छ। गत महिना मात्र अमेरिकी सुरक्षा सचिव लोयड अस्टिनले सिंगापुर, भियतनाम र फिलिपिन्सको भ्रमण गरेका थिए।
त्यसको छोटो समयमा नै उप-राष्ट्रपति ह्यारिस सिंगापुर र भियतनाम आइपुगेक छन् । यसबाट अमेरिकाले आफ्नो शक्ति दक्षिणपूर्वी एशियामा बढाउन चाहन्छ जसबाट फेरी विश्वमा उसको शक्तिको स्पष्ट गणना होस्।साथै पूर्वी एशियाको हिन्द प्रशान्त क्षेत्रमा चार समुद्री प्रजातन्त्रको अनौपचारिक गठबन्धनमा संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, जापान र भारत मिलेर चतुर्भुज सुरक्षा वार्ता क्वाड समूह बनाएका छन्।
बाइडेन प्रशासनले जापान र ताइवान जस्ता सहयोगीहरूको हितको रक्षा गर्न क्वाड समूहमा गतिविधि बढाएको छ । यी दुबै प्रकारको शक्तिको प्रयोगलाई आगामी दिनमा अमेरिकाले एशियाली नेटो शक्तिका रूपमा एशिया प्रशान्त र दक्षिणपूर्वी एशिया क्षेत्रमा प्रयोग गर्न चाहेको छ।
ह्यारिसको यात्राको एजेन्डामा ब्यापार, महामारी, मौसम परिवर्तन र रूपमा क्षेत्रीय सुरक्षा समावेश छन्। सिंगापुर र भियतनामलाई चीनसँग टकराव गर्न आग्रह गर्ने उनको प्रयासको थालनी हुने नै छ।अफगानिस्तानबाट राष्ट्रनिर्माण नगरी अलपत्र छोडेर हिंड्ने अमेरिकाको शैलीले वाशिंगटनको अन्तर्राष्ट्रिय प्रतिष्ठामा गम्भीर असर पारेको छ।अफगानिस्तानमा सोभियत समर्थित सरकार बिरुद्ध जन्मेको मुजाहिद्दिन, तालिबान र अमेरिका समर्थित घानी सरकार हुँदै फेरी तालिबानको उदयले अमेरिका अफगानिस्तानमा शान्ती स्थापनामा पुरै असफल बनेको छ।
यो खराब समयामा दक्षिणपूर्व एशियामा ह्यारिसको आगमनले स्थानीय व्यक्तिलाई उनको आमनेसामने यक्ष प्रश्न सोध्ने मौका प्रदान गर्दछ । के अमेरिकी शक्ति विश्वमा अझै भरपर्दो छ रु के उसले सबै काम आफ्नै स्वार्थका लागी मात्र गर्छ रु तसर्थ उनको भ्रमणलाई संसारले शङ्काको साथ हेरेको छ।
अमेरिका अझै पनि भरोसायोग्य शक्ती छ भन्ने तर्कलाई अफगानिस्तान काण्डले क्षतबिक्षत बनाएको छ । तथापी, यो बिग्रेको समयमा अमेरिकाले साबधानीपुर्वक शक्ती आर्जन गर्नु उनको भ्रमणको लक्ष हुने नै छ ।
यद्यपि यो ह्यारिसको लागि एक असम्भव मिशन हो र पनि अमेरिका निरन्तर लागी पर्ने छ।उनको भियतनामको भ्रमणले १९७५ मा साईगोनबाट हतार हतार अमेरिकी सेना फिर्ता लिने र अमेरिकी सेनाले आफ्ना सहयोगीहरूलाई त्याग्न सक्छ भन्ने विश्व समुदायाले बुझ्ने छ।
अमेरिकी प्रशासनले भने अनुसार सिंगापुर र भियतनाम दुबै ट्रान्सप्यासिफिक पार्टनरशिपका सदस्य थिए र गएको ट्रम्प प्रशासनले त्यो सम्झौता त्यागेको थियो।भियतनामीहरू साठीको दशकपछि १० वर्ष सम्मको युद्धको तितो अनुभवको सम्झना अहिले पनि गर्ने छन् ।
अमेरिकाको त्यो समयको युद्धको सम्झनालाई अझ सुदृढ र ताजा उनको भ्रमणले बनाउनेछ। ढलेको अफगानिस्तानको घानी सरकारका कारण अहिले सिंगापुर, भियतनाम, फिलिपिन्स र अन्य देशहरू ओबामा प्रशासनले बनाएको एसिया प्रशान्त क्षेत्रिय सन्तुलनको जालोमा संलग्न उनीहरू अमेरिकातर्फको झुकावमा कम विश्वास गर्दछन्।
ती सबै देशहरू अमेरिका र चीनबीच सन्तुलित सम्बन्धको कूटनीतितर्फ चुपचाप अघि बढिरहेका छन्।यो क्षेत्र अहिले चीन र अमेरिकाको शक्ति र प्रभावको परिवर्तनको एक परिणाम हो।कुनै पनि प्रमुख शक्तिले आफ्ना छिमेकी देशहरूलाई अन्य प्रमुख शक्तिहरूसँग गठबन्धन गर्न स्वीकार गर्दैन ।दक्षिणपूर्व एशियाली देशहरू यस सत्यलाई राम्ररी जान्दछन्।जब चीन बलियो हुँदै जान्छ, उनीहरूको व्यवहार सिद्धान्तसँग झन् झन् बढी मिल्नेछ।
चीन र भियतनाम सहित देशहरूको समुद्री क्षेत्रीय विवाद छ।यो कुराको फाइदा लिने दाउमा अमेरिका छ । ती देशहरू चीनको सामना गर्न अमेरिकाको शक्ति प्रयोग गर्न चाहन्छन् भन्ने बुझाइ अमेरिकाको छ।केही हदसम्म चीन यस्तो अवस्थाबाट बच्न गाह्रो छ।
तर त्यसो गर्दा तिनीहरू धेरै होशियार हुनुपर्छ, किनकि पूर्वी एशिया र दक्षिणपूर्व एशियामा चीनको प्रभाव निकै बढेको छ ।चीनका अनुसार यदि ती देशहरू चीनसङ्गको सम्बन्धबाट धेरै टाढा गएमा तिनीहरू अमेरिकी पासोमा पर्नेछन्।र, एकदिन २०२१ को घानी सरकारको जस्तै अवस्थामा पुग्नेछन् ।चीनले दक्षिणी चीन सागर दावीकर्ता देशहरूको वार्ताबाट त्यहाँको विवाद समाधान गर्न ठूलो प्रयास गरिरहेको छ।र, विवादहरूको व्यवस्थापनका लागि पहिले नै क्षेत्रीय सहमति भइसकेको छ।
कुनै पनि दक्षिणपूर्व एशियाली देशलाई चीनको शत्रु बनाउन अमेरिकाले ठुलो भ्रम छोड्नु पर्छ।बेइजिङ्ग वाशिंगटन सम्बन्ध जति बढी तनावपूर्ण हुन्छ, सिंगापुर, भियतनाम र फिलिपिन्स जस्ता बढी संवेदनशील देशहरू त्यो तातो भुङ्ग्रोमा हुनेछन्।
अन्तमा चिनियाँ शक्तिको प्रभावले क्षेत्रीय देशहरूले अमेरिकासङ्ग स्पष्ट दुरी राख्नेछन्। चीन अहिले दक्षिणपूर्व एशियामा सबै देशहरूको लागी सबै भन्दा ठूलो व्यापार साझेदार हो।तसर्थ अहिलेको बन्द ब्यापारको समयमा कुनै पनि देशले चीनसङ्गको ब्यापार लाभलाई तनावमा पारेर शक्ती सन्तुलनमा परिवर्तन गराउने कुरा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई सजिलो छैन।
चीन बलियो हुँदै जाँदा चीन र दक्षिणपूर्व एशियाली देशहरूबीचको सम्बन्ध झन् झन् नजिक हुँदै जानेछ।यो एक रोक्न नसकिने बाटो हुनेछ नेटो राष्ट्रका लागि।यस क्षेत्रमा कुनै पनि अमेरिकी उपस्थिति अत्यधिक अप्ठ्यारो परिदृश्यबाट बच्न नयाँ नयाँ प्रवृत्तिको प्रतिरोध अमेरिकाले गर्नुपर्नेछ।तसर्थ, जब ह्यारिसले यस पटक सिंगापुर र भियतनाममा दक्षिणपूर्वी एशियामा अमेरिकाको भूमिका कसरी सुधार गर्ने भनेर खोजी गर्नु आवश्यक छ।
त्यो नयाँ भुमिकाको खोजी परम्परागत शैलीमा नभै नयाँ परिवेशमा हुनु आवश्यक छ । हामी आशा गर्दछौं कि ह्यारिसले चीनलाई दक्षिणपूर्वी एशियाको दृष्टिकोणबाट अमेरिकाको पहिलो रणनीतिक प्रतिस्पर्धीको भन्दा वस्तुगत रूपमा हेर्न सक्नु पर्छ।
जब अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस भियतनाम आफ्नो दक्षिण पूर्व एशियाको भ्रमणको दोस्रो भागमा आइपुग्छिन्, उनी हनोई हेरेर छक्क पर्ने छिन् । यो अहिले दक्षिण पुर्वमामा ठूलो व्यापारिक राजधानी हो ।अहिलेको हो ची मिन्ह सिटी, पहिले साइगोन १९७५ सम्म, भियतनामीले विद्रोह र स्तन्त्रताका लागि अपमानजनक अमेरिकी युद्ध भोग्न बाध्य भएका थिए।
भ्रमणको एजेण्डामा ब्यापार, महामारी, मौसम परिवर्तन र रूपमा क्षेत्रीय सुरक्षा समावेश भएपनि अहिलेको भ्रमणको उद्देश्य चीनको आफ्नै दूरसंचार र अन्य उन्नत टेक्नोलोजी, र ुडिजिटल सिल्क रोडु लाई पछाडी धकेल्नको लागी चीनको द्रुत प्रगतिहरुको सामना गर्न वातावरण बनाउनु हुनेछ ।
यसर्थ उदियमान चीनका लागी यो चुनौती नै हुनेछ । राष्ट्रपति बाइडेनले विश्वव्यापी आपूर्ति श्रृंखलाहरुको संरचनामा परिवर्तनको लागी जोड दिइरहेका छन् र अमेरिकी कम्पनीहरुलाई थोरै संख्यामा भएपनि चीनियाँ प्रभाव घटोस् भन्नेमा दृढ रहन उत्प्रेणा दिएका छन।
ट्रम्प प्रशासनको दक्षिण चीन सागरमा अमेरिकी सैन्य शक्तिको प्रक्षेपण, र चीनसँगको व्यापार विवाद बढाउने विषयमा ट्रम्प प्रशासनको ध्यानको निरन्तरता दक्षिण पूर्वी एसियामा भ्रमणको समयमा हुनेछन्।यस क्षेत्रका कुनै पनि देशहरु अमेरिका र चीनको बीच छनौट गर्नको लागी स्वतन्त्र भएमा एशियामा शान्ती स्थापनामा प्रश्न उठ्ने छैन ।
( लेखक रेग्मीले त्रिविमा अध्यापन गराउछन् )



















































































































































































































