बागलुङमा निषेधाज्ञा खुकुलो बनाइएको छ । कोभिड व्यवस्थापन समितिको आज बसेको बैठकले जिल्लामा जारी गरिएको निषेधज्ञा खुकुलो बनाएको हो । कोरोना संक्रमण बढेको भन्दै प्रशासनले भदौ १० गतेसम्म पूर्ण रुपमा पालना हुनेगरी निषेधाज्ञा लगाएको थियो ।
निधेषाज्ञा खुकुलो भएसँगै बैंक तथा वित्तिय संस्था एवम् बजारहरु खुला हुने भएका छन् । सार्वजनिक तथा निजी क्षेत्रका सवारी स्वास्थ्य मापदण्ड पुरा गरि सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । विवाह तथा पार्टी प्यालेसहरु सञ्चालन नगर्ने निर्णय भएको उनले बताए ।
आजसम्म जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या ३ सय ४८ पुगेको छ । कोरोनाबाट ६५ जनाको मृत्यु भएको छ ।















































































































































































































