१७ कार्तिक २०८३, सोमबार

 

नख्खु कारागारभित्र तनाव !

ललितपुरस्थित नख्खु कारागारभित्र तनावको अवस्था सिर्जना भएको छ । जेलभित्रको पसलहरूमा महँगी बढाइएको, सेवा सुविधा पारदर्शी नभएकोलगायतका विषयमा असन्तुष्टि जनाउँदै कैदीबन्दीले नाराबाजी गरेका हुन् ।

कैदीबन्दी र चौकीदार पक्षबीच विवाद चर्किएको हो भने सो क्रममा कैदीबन्दीले चर्को नाराबाजी गरिरहेका छन् ।

तनावको अवस्थापछि कैदीबन्दीले भित्रबाट कारागारमा ताला लगाइदिएर आन्दोलन गरिरहेको बताइएको छ। प्रहरी परिसर ललितपुरले तनावको अवस्थापछि कारागार परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung