काठमाडौं महानगरपालिकाको कार्यालयमा तोडफोड भएको छ । शुक्रबार कार्यालयमा वडा नम्बर ५ का वडाध्यक्ष रमेश डंगोलले तोडफोड गरेका हुन् ।
उनले प्रमुख प्रशासकीय अधिकृत, प्रशासन विभाग प्रमुख र उपप्रमुखको कार्यालयको ढोकामा तोडफोड गरेका हुन् । यद्यपि उनले किन त्यसो गरेको भन्ने आफूले जानकारी पाइनसकेको मेयर विद्यासुन्दर शाक्यले बताए।



















































































































































































































