६ जेष्ठ २०८१, आईतवार

 

माछापुच्छ्रे बैंकमा अनलाइनबाटै डिम्याट खाता

माछापुच्छ्रे बैंकले अनलाइनमार्फत डिम्याट खाता खोल्न मिल्ने सुविधा ल्याएको छ ।

डिम्याटलगायत सेयर आवेदनसम्बन्धी सम्पूर्ण सुविधा प्रदान गर्दै आएको माछापुच्छ्रेले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानमा बसेर आवेदन दिन मिल्ने गरी अनलाइनबाट डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो ।

ग्राहकले बैंकको वेबसाइटमा रहेको ‘एप्लाई नाउ सेक्सनमा’गएर सहजै डिम्याट खाता खोल्न सक्ने बैंकले जनाएको छ । साथै माछापुच्छ्रेमा खाता हुने ग्राहकले बैंकमा नगई सिधै डिम्याट खाता नम्बर प्राप्त गर्न सक्छन् ।

अन्य बैंकमा खाता रहेका ग्राहकले अनलाइनमार्फत डिम्याट खोल्ने प्रक्रिया पूरा गररे नजिकैको माछापुच्छ्रेको शाखा कार्यालयमा परिचय खुल्ने कागजातसहित गएर डिम्याट नम्बर लिन सक्छन् ।

कोरोना माहमारीको जोखिम कायमै रहेको समयमा संक्रमणबाट बच्न र यसलाई समुदायमा फैलिन नदिन जुनसुकै स्थानबाट अनलाइन डिम्याट खाता खोल्ने योजना ल्याएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्