१५ बैशाख २०८१, शनिबार

 

बागलुङमा पनि मनाइयो पर्यटन दिवस

४२ औँ विश्व पर्यटन दिवस बागलुङमा पनि मनाइएको छ । कोभिड–१९ को कारण औपचारिक कार्यक्रम नभए पनि पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुबीच अन्तर्क्रिया गरि दिवस मनाइएको हो । पर्यटन विकास समिति बागलुङ र होटल तथा रेष्टु«रेण्ट व्यवसायिक संघ बागलुङको संयुक्त आयोजनामा अन्तरक्रियासहित केक काटेर दिवस मनाइएको छ ।

कोरोनाको जोखिम कम हुँदै गएकाले जिल्लामा रहेका पर्यटकीय क्षेत्रमा चहलपहल हुन थालेको पछि होटल तथा पर्यटन क्षेत्रमा आसा जागेको होटल व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्ष अर्जुन चोखालले बताए । चोखालले अब कोरोना महामारीबाट थलिएको पर्यटन क्षेत्र चलायमान हुने वातावरण बन्दै गएको बताए ।

‘सबैका लागि पर्यटन, पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवद्र्धन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइने गरिन्छ ।

कोरोनाको प्रभाव पूणरुपमा अन्त्य हुन नसकेकोले स्वास्थ्य मापदण्ड पालना गर्दै कम सङ्ख्याको उपस्थितिमा पर्यटन दिवस मनाइएको पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काले बताए ।

सरकारले जारी गरेको निषेधाज्ञा खुला भएसँगै बागलुङमा आन्तरिक पर्यटकको चहलपहल हुन थालेको होटल तथा रेष्टु«रेण्ट व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले बताए । अहिले नेपालकै प्रसिद्ध बागलुङ कालिका, ढोरपाटन शिकार आरक्ष, पञ्चकोट, कुडुलेको शालिग्राम संग्राहलय, विश्वकै लामो झोलुङ्गेपुल, गाजाको दह, भैरवस्थान मन्दीरलगायत ठाउँमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

सरकारले कोरोना खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ उपलब्ध गराएसँगै पर्यटन क्षेत्रमा उत्साह छाएको छ । यसबाट मुलुकमा पर्यटन सम्भावनाको ढोका खुलेको व्यवसायीले महसुश गरेका छन् । कोभिड महामारीले पछिल्ला दुई वर्षमा उल्लेख्य सङ्ख्यामा पर्यटक आउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्