१९ बैशाख २०८१, बुधबार

 

तिरुपति बालाजी युवा क्लवको दशैँ मेला, फुटबलमा जयदुर्गा प्रथम

बागलुङ नगरपालिका–४ मा रहेको तिरुपति बालाजी युवा क्लवद्धारा दशैँ, तिहार मेला आयोजना गरेको छ ।

कार्यक्रममा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले युवाहरु समाजको शक्ति भएकोले उनीहरुको सृजनात्मक प्रतिभालाई देश र समाजको हितमा उपयोग गर्नु पर्ने बताए ।

बागलुङ नगरपालिका–४ का वडा अध्यक्ष धु्रब बहादुर केसीले युवाहरुमा समाज परिवर्तन गर्न सक्ने सार्मथ्य रहेको बताए ।कार्यक्रममा क्लबका सल्लाहकार टिकाराम सापकोटा, संयुक्त चार युवा क्लवका अध्यक्ष अभिषेक कटुवाल क्षेत्री , सल्लाहकार जगन्नाथ सापकोटा, कृष्ण सापकोटा, कृष्ण प्रसाद आचार्यले मन्तव्य व्यक्त गरेको थिए ।

कार्यक्रम क्लबका अध्यक्ष गणेश आचार्यको अध्यक्षता, उपाध्यक्ष अर्जुन सापकोटाको स्वागत तथा सचिव प्रविण सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

मेलामा फुटबल प्रतियोगिता, लठो तान्ने प्रतियोगिता, घैँटोफोर, ‘स्लो बाईक रेस’, महिला म्युजिकल चियर लगायतका कार्यक्रम संचालन हुने आयोजकले बताएको छ ।

फुटबलमा जयदुर्गा कन्स्टकक्सन प्रालि प्रथम,द्धितीय सातविसे कन्स्टकक्सन, घैँटोफोर प्रतियोगितामा प्रथम असल केसी,महिला म्युजिकल चियरमा सरिना कँडेल,लठो तान्ने प्रतियोगितामा जयदुर्गा कन्स्कक्सन प्रालि विजय भएको छ ।

तिरुपति बालाजी युवा क्लवले युवाहरुको नेतृत्व र व्यक्तित्व विकास हुने कार्याक्रम गर्नुको साथै सामाजिक,धार्मिक,जनस्वास्थ्य र शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्