८ कार्तिक २०८३, शनिबार

 

मातृभूमि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको अध्यक्षमा पुन : पौड्याल

मातृभूमि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको अध्यक्षमा पुन गुणराज पौड्याल निर्वाचित भएका छन् । शनिबार सम्पन्न १३ औ वार्षिक साधारण सभा मार्फत पौड्यालको अध्यक्षतामा ११ सदस्यीय नयाँ संचालक समिति सर्वसम्मत चयन भएको हो ।

समितिको उपाध्यक्षमा केदारनाथ पौडेल,सचिव राम प्रसाद शर्मा ,सह-सचिव लाल बहादुर केसी र कोषाध्यक्षमा हरि प्रसाद आचार्य चयन भएका हुन ।

समितिको सदस्यमा रामचन्द्र शर्मा,ज्ञानु थापा, माया पाण्डेय,टिकाराम सापकोटा,रञ्जु पन्त केसी र चिरञ्जीबी शर्मा चयन भएका छन् । त्यस्तै सुरेन्द्र आचार्यको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरिएको छ ।

समितिको सदस्यमा होमनाथ ढकाल र धर्मराज आचार्य रहेका छन् । नव निर्वाचित समितिलाई निर्वाचन समितिका संयोजक डाक्टर राम प्रसाद उपाध्यायले प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै नव निर्वाचित अध्यक्ष पौडेलले आफू नेतृत्वको समितिले आ–आफ्नो जिम्मेवारी अनुसार प्रतिवद्ध भएर सहकारीका सदस्यलाई भरोसाको केन्द्रका रुपमा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सहकारी स्थापनादेखि हालसम्मको अवस्थामा ल्याउन थुप्रै चुनौतीहरुको सामना गरेको स्मरण गर्दै आगामी दिनमा थप प्रभावकारी बनाउनका लागि नयाँ सञ्चालक समितिले सबैसंग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

कार्यक्रममा सस्थाका पुर्व उपाध्यक्ष धिरेन्द्र पन्त ,सल्लाहकार भवनराज बराल ,पत्रकार सुवास आचार्य लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम निर्वाचन समितिका संयोजक डाक्टर राम प्रसाद उपाध्यायको अध्यक्षता र सदस्य गोविन्द वझाले गरेका थिए ।
बिहिवारबाट सुरु भएको सहकारीको १३ औ वार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung