२१ बैशाख २०८१, शुक्रबार

 

प्रेस चौतारी बागलुङको अध्यक्षमा विक

प्रेस चौतारी नेपाल बागलुङको अध्यक्षमा नविन शिशिर विक सर्वसम्मत चयन भएको छ । चौतारीको बिहिबार भएको छैठौँ जिल्ला अधिवेशनबाट विकको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा सिर्जना पन्त, झरना कँडेल, सचिवमा कमल पौडेल, सह–सचिवमा अर्जुन कार्की, हेमप्रसाद विक, कोषाध्यक्षमा खेमराज गौतम ‘सुवास’ चयन हुनु भएको छ ।

सदस्यहरुमा राम खत्री, साधना पन्त, दिवाकर उपाध्याय, रोहन जिसी, सचदेव क्षेत्री, अनिष पाठक, विक्रम पौडेल, मनकुमारी केसी, कृसिता अधिकारी, मनिषा शर्मा, जीवन पाण्डे र शिव बोहोर चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्