३० बैशाख २०८१, आईतवार

 

३ हजार १ सय ७५ थप संक्रमित, १४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण ३ हजार १ सय ७५ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १० हजार २६ जनाको परीक्षण गर्दा ३ हजार १ सय ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ६३ हजार २९६ पुगेको छ । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ९५ हजार ६३ पुगेको छ । योसँगै निको हुनेको सङ्ख्या आठ लाख ८७ हजार ४४३ पुगेको छ ।विगत २४ घण्टामा आज १४ जनाको सङ्क्रमणका कारण निधन भएको छ ।

अहिलेसम्म ११ हजार ७७८ जनाको सङ्क्रमणका कारणले निधन भएकोे छ ।यस्तै १० वर्ष मुनिका ६५ जना बालबालिकामा र ११ देखि २० वर्ष उमेर समूहका १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कोरोनाका बिरामीमध्ये २८१ जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचाररत् छन् भने ६१ हजार ८६२ जना होम आइसोलेसनमा र १ हजार ४३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्