२६ बैशाख २०८१, बुधबार

 

पुग्नै पर्ने गन्तव्य रत्नेचौरको रानी पोखरी

म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौरमा रहेको रानी पोखरीको पर्यटनको पर्खाईमा छ ।आन्तरिक र बाह्य पर्यटकको उपयुक्त गन्तव्य स्थान बनाउनका लागि पोखरीलाई स्विमिङ पुलसहित पूर्वाधार निर्माणको समेत व्यवस्थापन गर्न लागिएको भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक भरत खत्रीले बताए ।

दशकौं अगाडि गाई भैंसीलाई पानी खुवाउन र पौडिनका लागि निर्माण गरिएको उक्त पोखरीको स्तर उन्नति भएसँगै आकर्षण केन्द्र बन्न थालेको हो ।

पोखरीमा धौलागिरी हिमालको छाँया देखिने भएकोले पनि यसको महत्त्व उच्च रहेको छ । पानीमा धौलागिरी हिमालको निकै आकर्षक छाँया देखिने भएकाले अहिले फोटो खिच्ने र रमाउनेहरुको घुइँचो लाग्न थालेको स्थानीय भानु माध्यमिक बिद्यालयका सहायक प्रधानाध्यापक एकेन्द्र बहादुर महतले बताए ।

वडा कार्यालय अन्तर्गतको चालु आर्थिक वर्षको २ लाख बजेटमा उक्तकामको थालनी गर्न लागिएको हो र पोखराको दीर्घकालीन बिकास र प्रबर्द्धनका लागि केन्द्रीय सरकारमा १८ लाखौंको डिपीआर गरि पेश गरिसकिएको वडा अध्यक्ष टेक बहादुर रावलले बताए ।

पोखरी निर्माणको कार्य करिब ७ दशक अगाडि टापुमा रहेको रत्नेचौरमा पानीको अभाव पूरा गर्न आकाशे पानी संकलनका लागि स्थानीयको सक्रियता खनिएको कुवापछि रत्नेचौर र अर्जमका स्थानीयहरुले ढुङ्गाका छपनीहरु बोकेर ठूलो पोखरीमा स्तर उन्नति गरिएको इतिहास रहेको पूर्वगाविस अध्यक्ष टंकराज महतले बताए ।

रत्नेचौरमा रहेको यो पोखरीको राम्रो प्रचार प्रसार गर्न सके धौलागिरि क्षेत्रकै पर्यटन विकास र पर्यटकलाई आकर्षण गर्न सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्