२२ बैशाख २०८१, शनिबार

 

एनआरएनए जापानको विवाद : क्षेत्रीय समितिको पहल कहाँ पुग्यो ?

एनआरएनए जापानका १२ वटै क्षेत्रीय समितिहरूले गैर आवासीय नेपाली संघ उच्च स्तरीय समितिका सदस्य देवमान हिराचनको निर्देशनमा गठित राजन प्रधानङगको अध्यक्षतामा बनेको तदर्थ समितिलाई स्वीकार नगर्ने बताएका छन ।

बिहिबार भर्चुवलमार्फत पत्रकार सम्मेलन गर्दै क्षेत्रीय समितिका संयोजकहरूले स्वचालित नभई परिचालित रूपमा गठन गरिएको सो तदर्थ समिति एक नाटकको मंचन मात्र भएकोले जुलाईमा सम्पन्न निर्वाचनमा १७ सय इमेल परिवर्तन गर्नेको स्पष्ट पहिचान गरि सो इमेल मार्फत कसलाई भोट गरिएको हो सो को समेत प्रमाणसहित जानकारी नगराउने अवस्थासम्म तदर्थ समितिको औचित्य नहुने बताएका छन ।

एनआरएनए जापानको विवादले उग्ररूप लिदै जान थालेपछि क्षेत्रीय समितिले समन्वयकारी भूमिका निर्वाह गर्दै विवादको समाधान गर्न गरेको पहल र त्यसबाट प्राप्त उपलब्धिको बारेमा जानकारी दिने उद्देश्यले आयोजित सो पत्रकार सम्मेलनमा ओकिनावाका संयोजक ज्ञानु भट्टले निर्वाचन समीक्षा समितिको संयोजक समेत प्रधानाङग रहेकोले सो समितिमार्फत प्रकाशित प्रतिवेदनले १७ सय इमेल परिवर्तन गर्नेको सप्रमाण सार्वजनिक गरेपछि मात्र गरिएको छानबिन समितिको औचित्य पुष्टि हुने अन्यथा त्यो प्रतिवेदनको औचित्य नभएकोले क्षेत्रीय समितिहरूले नस्वीकार्ने बताए ।

१२ वटै क्षेत्रीय समितिको हाल निर्वाचित कार्यसमितिलाई पूर्ण साथ रहेको बताऊदै कान्साइ क्षेत्रीय समितिका संयोजक दिलिप शर्माले बुधवार तदर्थ समितिका नाममा जारी गरिएको अपिललाई समेत आफूहरूलाई मान्य नभएको बताए ।

संयोजक शर्माले १२ वटै क्षेत्रीय समितिका संयोजकहरूको संयुक्त अनलाईन बैठकले वर्तमान एनआरएनए जापानको विवाद,यसले ल्याएको समस्या र समाधानका लागि “तपाई हाम्रो चिन्ता ,चासो र जागरण गिजोलीएको एनआरएनए जापानको सफल अवतरण “ भन्ने नारालाई आत्मसात गराउन शिवप्रसाद पौडेल नेतृत्वको समूह र अनिता गुरुङ नेतृत्वको समूहका बिचमा सम्झौताका लागि मिलनविन्दु बन्न सक्ने चार बुंदामा केन्द्रित रहेर छलफल गराइएपनि सफल हुन नसकेक़ो बताए ।

छलफल गराइएका ४ बुदामा एनआरएनए जापानको चुनावसंग रहेर अहिले सम्म दुवै पक्षबाट जे-जति कमि-कम्जोरीहरू भए त्यसको लागि सबैले आ-आफन्नो ठाउबाट आत्मआलोचना सहित एक ढिक्का भएर अगाडी बढ्दै एनआरएनए जापानको धमिलिएको छविलाई सुधार्नका लागि सबैले प्रयत्न गर्ने,१७०० ईमेल परिवर्तन गर्ने कुरा नै सबैभन्दा ठूलो विवाद निम्त्याउने कडि भएको हुदा र हालसम्म १७०० ईमेल परिवर्तन गर्ने दोषि पत्ता नलागेको अवस्थामा दोषी पत्ता लगाई

कार्वाहि गर्ने गरि छानबिन समिति गठन गरि अगाडी बढ्ने, दोषी पत्ता नलागेसम्म जापानबाट जाने कुनै पनि आईसिसि प्रतिनिधीलाई जापानवासीले भोट नदिने उद्धघोष गरि सार्वजनीक रूपमा एनआरएनए जापान तथा क्षेत्रीय समितिको संयुक्त विज्ञप्ति मार्फत सबैलाई जानकारी गराउने र एनआरएनए जापानको आगामि निर्वाचन कुन विधी र पद्धतीबाट गर्दा निष्पक्ष रूपमा सम्पन्न गर्न सकिन्छ त्यो विषयमा गम्भिर भएर क्षेत्रीय समिति ,उप-विजेता तथा वर्तमान कार्यसमितिबाट एउटा समिति तयार गरि गृहकार्यलाई अगाडी बढाउने र आएको निष्कर्षलाई लागु गर्ने रहेका संयोजक शर्माले बताए ।

कार्यतालिका नै तय गरेर गरिएको छलफल सकारात्मक रूपमा भै निष्कर्षमा पुग्न लागेको समयमा अनिता गुरुङ नेतृत्वको समूहले चौथो बुंदा हालका लागि आवश्यक नरहेको बताएपछि निष्कर्ष निस्कन नसकेपनि प्रयत्न जारी रहेको शर्माले बताए ।

यता अनिता गुरुङ नेतृत्वको समूहले क्षेत्रीय समितिले यसपूर्व नै पौडेल नेतृत्वको समूहलाई सहयोग र समर्थन गर्ने गरि विज्ञप्ति निकाल्दै आइरहेको र पछिल्लो पहलपनि सोही समूहलाई चोख्याउने नियतका साथ गरिएकोले दोहोरो चरित्र प्रस्तुत नगर्न आग्रह गरेको छ । भने पौडेल नेतृत्वको समूहले गरेको पहललाई सकारात्मक रूपमा लिदै छलफलमा भएका सहमति पालना गर्न आफूहरू इमानदार रहेको बताएको छ ।

एनआरएनए जापानको निर्वाचनमा स्वच्छ र निष्पक्ष निर्वाचनको भावना विपरित अनाधिकृत रूपमा मतदान गरिएको पाइएको भन्दै पारसमणि पोखरेलको नेतृत्वमा रहेको अध्यक्ष मण्डलद्वारा राजन प्रधानाङ्गको समयोजकत्वमा ७

सदस्यीय निर्वाचन समीक्षा समितिले २९२ पृष्ठको लामो प्रतिवेदन सार्वजनिक गर्दै एनआरएनए जापानको सदस्यता नरहेकाहरुद्वारा ६० वटा ग्रुप मेल तयार गरि २ हजार ९ सय ४ मत अनाधिकृत रूपमा मतदात प्रक्रियामा राखिएको तथ्य भेटिएको उल्लेख गरेको थियो ।सो प्रतिवेदनमा कुल मत ७ हजार ७ सय ५७ खसेकोमा ग्रुप मेलबाट २९०४ र सिंगल ईमेल दर्ता भएका बाट ४८५३ मत खसेको पाइएको प्रतिवेदन सार्वजनिक कार्यक्रममा बताईएको छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार ६० वटा ग्रुप मेलबाट २ वटा देखि ४९६ सम्म मत राखिएको छ । निष्पक्ष निर्वाचन र मतदाताको मताधिकार विपरित ६० वटा ग्रुपमेल बनाई निर्वाचनको परिणामलाई प्रभावित परेको स्पष्ट हुने र यसरी तयार पारिएका मेलबाट २९७० मतदाताको सदस्यता बनाईएको त्यसमध्य ९८ प्रतिशत मतदान गरिएको पाइएको संयोजक प्रधानाङ्गले बताएका छन ।

एनआरएनए जापानको विवाद समाधान गर्नका लागि शेष घलेको समयोजकत्वमा रहेको एनआरएनए उच्च स्तरीय समितिका सदस्य देवमान हिराचन र भवन भट्टले जापानको विवाद मिलाउन दुवै पक्षलाई लिखित र मौखिक सम्पर्क गरि सहमतिमा आउन गरेको अनुरोधलाई अस्विकार गरि मिलेर जान नसकिने बताएकोले गत जुलाई ३० मा सम्पन्न निर्वाचनलाई बदर गरि तत्काल आगामी कार्यकालको निर्वाचन गराउनका लागि प्रधानाङ्गको समयोजकत्वमा स्वतन्त्र तदर्थ समिति गठन गरिएको देवमान हिराचनले बताएका छन ।
हिराचनले गरेको निर्देशनलाई कथित वक्तव्यको संज्ञा दिदै शिवप्रसाद पौडेल नेतृत्वको कार्यसमिति नै आधिकारिक भएको एनआरएनए आइसीसी अध्यक्ष कुमार पन्तले बताऊदै एनसीसी जापानको सम्बन्धमा उचित निकास निकाल्नका
लागि निवर्तमान अध्यक्ष भवन भट्टलाई ज़िम्मेवारी तोकिएको र निजले आफ़नो कार्य गरिरहेको सन्दर्भमा उच्चस्तरीय समितिलाई एनसीसी जापानको विवाद समाधान गर्ने कार्यक्षेत्र नतोकिएकोले संरक्षक हिराचनले गरेको भ्रमपूर्ण गतिविधि आइसीसीलाई अस्वीकार्य रहेको उल्लेख गरेका छन ।

प्रतिक्रिया दिनुहोस्