८ जेष्ठ २०८१, मंगलवार

 

रोट्रयाक्टको सप्ताहव्यापी कार्यक्रम फागुन २९ देखि

रोट्रयाक्ट क्लब अफ बागलुङले विविध कार्यक्रम सहित रोट्रयाक्ट सप्ताह मनाउने भएको छ । क्लबले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सप्ताहव्यापी कार्यक्रमको बारेमा जानकारी गराएको छ ।

‘स्वार्थ भन्दा माथि सेवा’ भन्ने मुल भावलाई आत्म साथ गर्दै सात दिन सात कार्यक्रम भन्ने मुल नाराका साथ यही फागुन २९ गतेदेखि चैत्र ५ गते सम्म विभिन्न सामाजिक कार्यक्रमको आयोजना गरेको कार्यक्रम मुल संयोजक झोकेन्द्र थापाले जानकारी दिए ।

कार्यक्रम अन्तरगत पहिलो दिन फागुन २९ गते बागलुङ नगरपालिका–४ मा रहेको सुस्त मनस्थितिमा अध्ययनर विद्यार्थीका लागि शैक्षिक सामाग्री र फष्टएड बक्स वितरण गर्ने कार्यक्रम रहेको छ भने दोस्रो दिन रोट्रयाक्टका सदस्यका लागि सेनिटरी प्याड बनाउने कार्यक्रम रहेको छ ।

क्लबले तेस्रो दिन रुद्रेपिपल माविका विद्यार्थीका लागि लागु औषध विरुद्धको अयिभानका सचेतना कार्यक्रम र ट्राफिक सचेतना कार्यक्रम संचालन गर्ने संयोजक थापाले बताए ।

अभियानको चौथो दिन बानपा ५ मालिकाको साँझखोलामा फष्टएड बक्स वितरण गर्नुका साथै स्यानिटरी बनाउने तालिमको आयोजना गएिको क्लबले जनाएको छ ।

पाचौ दिन होलि अर्थात फागु पुर्णिमा रहेका कारण पर्यटन प्रवद्र्धन लागि टे«किङ कार्यक्रम र छठौं दिन बानपा–४ मा रहेको तिरुपती बालाजी मन्दिरमा चौतारी निर्माण गरी बृक्षारोपण गर्नुका साथै मन्दिरमा डस्टविक र धार्मिक कुरा लेखिएको बोर्ड व्यवस्थापन गर्ने बताइएको छ ।

सप्ताव्यापी कार्यक्रमको सातौ दिन मुख्य समारोह सहित बागलुङमा क्रियाशिल पत्रकार र रोटरी रोट्रयाक्टका सदस्य बिच मैत्रीपुर्ण फुटसल हुने रोट्रयाक्ट क्लब अफ बागलुङका अध्यक्ष शिव केसीले जानकारी दिए ।

सप्ताह व्यापी कार्यक्रमका लागि संस्थाका सदस्य र पदाधिकारीलाई नै संयोजक तोकिएको छ । कार्यक्रम संचालनका निम्ती २ लाख ४० हजार ६ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष केसीले बताए ।

विभिन्न सामाजिक काम गर्दे आएको संस्था रोट्रयाक्टले हरेक वर्ष यस्तै सामाजिक क्रियाकलाप गर्दै आएको छ । क्लबले जिल्ला सदरमुकाममा मात्र सिमित नरहेर विभिन्न दुर्गम तथा विकट गाउँमा पुगेर गरिव विपन्न तथा दैविक प्रकोप परेको समयमा पनि आर्थिक र भौतिक सहयोग गर्दै आएको क्लबका अध्यक्ष केसीले बताए ।

क्लबले प्रत्येक वर्ष दुई वटा नियमित कार्यक्रम अन्तरगत सरकारी विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार ८ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी ५ हजार रुपैयाँका दरले छात्रबृत्ति प्रदान गर्दै आएको छ ।

कार्यक्रममा पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले सप्ताहव्यापी कार्यक्रमको सफलताको कामना गरेका थिए । कार्यक्रम क्लवका अध्यक्ष शिव केसीको अध्यक्षता निवर्तमान अध्यक्ष ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

पिपुल्सखबरबाट

प्रतिक्रिया दिनुहोस्